add post
  • Terai Nepal
  • २०७७ बैशाख २१ गते, आईतवार ०९:४३ मा प्रकाशित

लहान १५ ढोढनास्थित राजदेवी मन्दिर ( देवीथान) मा लाग्ने मेला स्थगित

लहान। शान्तिका अग्रदूत तथा अहिंसाका प्रवर्तक गौतम बुद्धको जन्मजयन्तीको अवसरमा सिरहाको लहान १५ ढोढनास्थित राजदेवी मन्दिरमा हजारौंको संख्यामा पशुपक्षीको बलि दिइने विशेष मेला यसपटक स्थगित भएको छ ।

लहान देखी करिब ५केलोमिटर उत्तर रहेको राजदेवी मन्दिरमा (देवी थान ) वर्षौ वर्षदेखि लाग्दै आएको मेला यसपटक कोभिड १९ लकडाउनका कारण (देवीथान) मेला स्थगित गरिएको राजदेवी मन्दिर संरक्षण विकास समितिले जनाएको छ । यस वर्ष बैशाख २५ गते बिहिवार बुद्धको जन्मजयन्ती रहेको छ । मन्दिरमा सिरहा, सप्तरी, सुनसरि ,उदयपुर, धनुषा, सर्लाही, मोहतरी ,बरा ,पर्सासहित छिमेकी मुलुक भारतको बिहारको उत्तरी क्षेत्रका दर्शनार्थीहरुको भिड लाग्ने गरिन्थ्यो । यस मन्दिरमा पशुपक्षीको बलि दिएर राजदेवी माताको भाकलअनुसार पूजाअर्चना गरे सन्तान प्राप्ति, रोगव्याधिबाट मुक्ति र मनोकांक्षा पूरा हुने विश्वास रहेको छ। मन्दिरमा बोका, पाठी, हाँस, परेवा, कुखुराको बलि चढाउने गरिन्छ। भने बारा गदिमाई पछिको नेपालके दोश्रो पशुपक्षीको बलि राजदेवी मन्दिर (देवी थान )मा दिनेगरिछ । एक बिघा पाँच कठ्ठा पाँच धुर क्षेत्रफलमा जङ्गलको बीचमा रहेको मूर्ति बिनाको मन्दिरमा छ। बलि दिइएको पशुपक्षीको रगतले मन्दिर परिसर रक्ताम्मे हुने भएपनि भोलिपल्टदेखि दुर्गन्ध नआउने र झिँगा समेत नलाग्ने हुदा त्यसमा राजदेवीको शक्ति रहेको जनविश्वास रहेको छ।