एसईई र कक्षा ११ को नतिजा विद्यालयलाई नै निकाल्न दिन सुझाव
काठमाडाैँ। यस वर्षको एसईई र ११ कक्षाको परीक्षा स्थगित गरी अघिल्ला परीक्षाहरुका आधारमा विद्यालयले नै उत्तीर्ण वा अनुत्तीर्णको प्रमाण पत्र दिन गणेशमान सिंह अध्ययन प्रतिष्ठानले सुझाव दिएको छ ।
प्रतिष्ठानले कक्षा १२ को परीक्षा भने सबै उपाय अपनाई सञ्चालन गर्न आग्रह गरेको छ । कोरोनाको जोमि बढ्ने डरले लकडाउन भएसँगै सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई), कक्षा ११ र १२ तथा सबै विश्वविद्यालयका सबै परीक्षा स्थगित गरेको छ ।
यसैगरी कक्षा ११ को परीक्षा पनि यस वर्षका लागि स्थगित गरी विद्यालयमा लिइएका अघिल्ला परीक्षाहरुका आधारमा प्रमाण पत्र वितरण गर्न उपयुक्त हुने प्रतिष्ठानको ठहर छ ।
प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले अपिल निकालेर संकटको यो घडीमा कक्षा ११ को परीक्षा यस वर्षका लागि स्थगित गरी विद्यालयमा लिइएका अघिल्ला परीक्षाहरुका आधारमा प्रमाण पत्र वितरण गर्नु नै उचित हुने बताएका छन् ।
यसैगरी विद्यालयहरुले दिवा खाजामा खर्च गरिराखेको पैसा बालबालिकाका अभिभावकलाई दिने व्यवस्था गर्न पनि प्रतिष्ठानले सुझाव दिएको छ । यस्तै अपिल मार्फत प्रतिष्ठानले सीमित क्षेत्रमा लकडाउनलाई खुकुलो पार्न पनि सुझाव दिएको छ ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



