add post
  • Terai Nepal
  • २०७७ बैशाख १४ गते, आईतवार १९:१५ मा प्रकाशित

झापामा थप एक जनालाई कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ५२ पुग्यो

आइतबार झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोशी अस्पताल, विराटनगरमा भएको परीषक्षको नतिजा अनुसार झापाका पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

सामान्य स्वास्थ्य अवस्था रहेका उनी अहिले अस्पतालको निगरानीमा छन् । यसअघि झापाको दमकका एक जनामा संक्रमण देखिएको थियो । उनको कोशी अस्पताल विराटनगरमा उपचार भइराखेको छ ।  आइतबार झापामा एक जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५२ पुगेको छ । १६ जना भने डिस्चार्ज भएका छन् ।

पीसीआर विधिबाट ९ हजार ९ सय ३१  र आरडीटी ४१ हजार ४ सय ३६ जना गरेर ५१ हजारमा गरी अहिलेसम्म ५१ हजार तीन सय ६७ नमुना परीक्षण गर्दा भएका छन्।  पछिल्लो २४ घन्टामा दुई हजार ९६ जनाको नमुना परीक्षण भएको थियो । आइतबार नै वीरगञ्जका दुईजनामा कोरोना देखिएको थियो ।

वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको हो।