थप एकजनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या ४८
बैशाख ११| उदयपुरसँग सिमाना जोडिएको भोजपुरमा पनि कोरोना भाइरसका एकजना संक्रमित भेटिएका छन्। भोजपुरको हतुवागढी गाउँपालिकाका एकजना २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार वैदेशिक रोजगारीबाट आएका भोजपुरका ती युवकमा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ४८ पुगेको छ। ती युवकलाई र्यापिड टेस्टमा कोरोना देखिएपछि स्वाब परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा लगिएको थियो। जहाँ उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यसअघि सर्लाहीका १४ वर्षीय किशोर र उदयपुरकी ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो। यससँगै नेपालमा कोरोना संक्रमित ४८ भएका छन्। जसमा १० जना निको भएर घर गएका छन्।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



