काठमाडौंबाट बाहिरिनेलाई प्रहरीले कोटेश्वरमा रोक्यो
बैशाख १० काठमाडौँ- काठमाडौं छाड्न कोटेश्वर क्षेत्रमा भेला भएका मानिसहरुलाई प्रहरीले बुधबार रोकेको छ।
कोरोना भाइरस (कोभिड १९) संक्रमणको रोकथामका लागि गरिएको लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका मानिसहरुलाई केही स्थानीय तहहरुले लैजान थालेका छन् जसले गर्दा बुधबार पनि काठमाडौंको जडिबुटीमा मानिसहरु पुगेका थिए। तर प्रहरीले भने रोकेको छ। मंगलबार राति रामेछापमा यात्रुबाहक बस दुर्घटनामा परेपछि प्रहरीले बस सञ्चालन गर्न नदिएको हो। तरपनि मानिसहरु घर जाने भन्दै सयौंको संख्यामा जडिबुटी चोकमा भेला भएका थिए। तर प्रहरीले माथिको आदेश भन्दै बस सञ्चालन नहुने र आ–आफ्नो बासस्थानमा फर्कन आग्रह गरेको थियो।
लकडाउन लागू भएको एक महिना हुँदापनि खुल्ने सम्भावना नदेखिएपछि दैनिकरुपमा श्रम गरेर खानुपर्नेहरुलाई समस्या हुँदै आएको छ। यसका कारण पनि काठमाडौंबाट मानिसहरु हिंडेरै घर जाने क्रम बढेको थियो। तर केही दिन यता जनप्रतिनिधि र स्थानीय तहले सवारी साधनको व्यवस्था गरी मानिसहरुलाई गन्तब्य सम्म लैजादै आएका छन्। त्यसैले बुधबार पनि आफ्नो जिल्ला जाने बस पाउने आशामा मानिसहरु जडिबुटी चोकमा दिउँसोदेखि नै पुगेका थिए।
उनीहरुले काठमाडौंमा बस्नका लागि खाद्य सामग्री नभएको, ग्यास सकिएकोले आफ्नै घर जान लागेको बताएका छन्। खाद्य सामग्री र ग्यास किन्न पाइए पनि महँगो हुने र आफूहरुसँग पैसा नभएकोले समस्या परेको गुनासो उनीहरुको थियो। यस्तै कतैबाट पनि राहत पाउन नसक्दा घर जानुको विकल्प नरहेको समेत उनीहरुले बताए।
सवारी साधन पाइन्छ भन्दै काठमाडौंका विभिन्न ठाउँबाट आएका व्यक्तिहरुले प्रहरीले समयमै खबर नगर्दा दुःख पाएको उनीहरुले बताएका छन्। प्रहरीले माथिको आदेश भन्दै कुनैपनि सवारीसाधन सञ्चालन गर्न नदिने बताएपछि मानिसहरु अन्यौलमा परेका थिए। काठमाडौंको थानकोट, कलंकी, बल्खु, बालाजु, कपन लगायतका ठाउँहरु र ललितपुरको विभिन्न स्थानबाट बस पाउने आशामा मानिसहरु हिंडेरै जडिबुटी पुगेका थिए।Source:Deshsanchar
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४