add post
  • Terai Nepal
  • २०७७ बैशाख ९ गते, मंगलवार २२:२७ मा प्रकाशित

काठमाडौंमा २ जना नर्सको आरडीटी परीक्षणमा कोरोनासंक्रमण पोजेटिभ देखियो

 बैशाख ९ ,काठमाडौं : र्‍यापीड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट भएको परीक्षणमा काठमाडौंका दुई नर्समा कोरोना पोजिटिभ देखिएको छ।

मंगलबार आरडीटी विधिबाट गरिएको कोरोना भाइरसको जाँचमा रिपोर्ट पोजेटिभ देखिएको हो। पोजिटिभ देखिएका दुबैजनालाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल  तथा सरुवा रोग अस्पतालको आइसोलेसन राखिएको छ।

सोमबार चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी करीब ४० जनाको आरडीटी परीक्षण गरिएको थियो। सो क्रममा दुई जना नर्सको पोजेटिभ देखिएको हो। उनीहरुको पीसीआर विधिबाट परीक्षणको लागि स्वाब संकलन गरिएको टेकु अस्पताल स्रोतले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पीसीआर विधिबाट आएको रिपोर्टलाई मात्र आधिकारिकता मान्दै आएको छ ।

मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरमा अहिलेसम्म सबैभन्दा बढी २४ जना संक्रमित छन् । पाँच जना भने डिस्चार्ज भएका छन् अन्य ३७ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।