कञ्चनपुरमा विवाह गर्न छुट, ५ जनामात्रै उपस्थित हुन पाइने
७ वैशाख । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विवाहमा पाँच जनाभन्दा बढी उपस्थित हुन नपाउने नियम बनाएको छ ।
आइतबार एक सूचना जारी गर्दै प्रशासनले विवाहको लागि निश्चित संख्या भने तोकेको छ। प्रशासनद्वारा जारी सूचनामा भनिएको छ “विवाह प्रयोजनमा अधिकतम पाँच जना उपस्थित भई सामाजिक दुरी लगायत कोभिड-१९ को जोखिम न्यूनीकरणका उपाय अवलम्वन गरेर विवाह कार्य सम्पन्न गर्नुहुन स्पष्ट पारिन्छ ।’
विभिन्न व्यक्तिले विवाहमा प्रयोग हुने यातायातलाई पास आवश्यक नपर्ने व्यवस्था गर्न माग गरेपछि प्रशासन कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै विवाहको गाडीका लागि पास नचाहिने बताएको थियो ।
विवाहको गाडीले सम्बन्धित स्थानीय तहको सिफारिस बोक्नुपर्ने, गाडीमा शुभ विवाहको व्यानर टाँस्नुपर्ने, प्रहरीसँग समन्वय गर्नुपर्ने, बेहुला, बेहुली, पण्डित र पूजा सामग्री राख्नुपर्ने र कमभन्दा कम मान्छे लिएर विवाह सम्पन्न गर्नुपर्ने शनिबारको सूचनामा उल्लेख गरिएको थियो ।
तर “कमभन्दा कम मान्छे” भनेको कति भन्ने प्रश्न उठेपछि कार्यालयले ५ जनाभन्दा बढी उपस्थित नहुन भनेको हो ।Source: Online Khabar
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



