मस्जिदमा नमाज पढ्दै गरेका १४ जना पक्राउ
कपिलवस्तुमा मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ७ धुपहीस्थित मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई आइतबार दिउसो १ बजे पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दीपशमसेर राणाले बारम्बार अहिलेको अवस्थामा जम्मा नहुन भन्दा पनि अटेर गरेपछि पक्राउ गरिएको जानकारी दिए ।
उनीहरुलाई सबै कपिलवस्तुकै नागरिक भएको प्रहरीको भनाइ छ । उनीहरुलाई वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको छ ।प्रहरीले मस्जिदहरुमा निगरानी बढाएको छ । कपिलवस्तुमा एक जना पाकिस्तानी नागरिक पनि फेला परेका छन् । Source: lokaantar
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४