थप एक कोरोना संक्रमित, संक्रमित संख्या ३१ पुग्यो
शनिबार थप एक जनामा कोरोनाको संक्रमण देखिएको छ । ६५ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार राति आठ बजेसम्मकाे विवरण अध्यावधिक गर्दै कोरोना संक्रमित थपिएको जानकारी दिएको छ । तर, नयाँ थपिएको संक्रमितबारे थप खुलाइएको छैन । योसँगै, नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ। शुक्रबार मात्रै एकै पटक १४ जनामा संक्रमण देखिएको थियो । उदयपुरमा १२ र चितवनमा दुई जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। त्यस मध्ये तीन जना निको भएका छन् । शनिबार मात्रै फ्रान्सबाट फर्किएकी युवती र बाग्लुङका एक बृद्धा निको भएको मन्त्रालयले जनाएको छ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



