add post
  • Terai Nepal
  • २०७७ बैशाख ५ गते, शुक्रबार १४:५६ मा प्रकाशित

सप्तरी तिलाठीका २३ जनाको स्वास्थ्य जाँच, सबैको निगेटिभ

रामनारायण यादव, सप्तरी । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर १ का याकुब मंसुरीका सबै परिवारका सदस्यहरुको र उनको सम्र्पकमा आएका व्यत्तिहरुको ¥यापिड डाइनोष्टिक टेष्ट गर्दा सबै जनाको निगेटिभ आएको छ ।

भारतको दिल्ली मरकजबाट आएका मंसुरीलाई राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ¥यापिड डाइनोष्टिक टेष्ट गर्दा उनमा कोरोना पोजेटिभ पाईए पछि मंगलबार राती मंसुरीको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि धरानस्थित बिपी कोइराल स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको थियो ।
राजबिराज अस्पतालमा कोरोना पोजिटिभ देखिएका मंसुरीको धरानमा पीसीआर माध्यबाट स्वाब टेस्ट गर्दा कोरोना निगेटिभ आएका थिए । उनको टेस्टमा निगेटिभ आए पछि उनलाई अहिले होम क्वारेन्टाईनमा राखिएको छ ।

मंसुरीको टेस्ट निगेटिभ आए पनि उनको सम्पर्कमा आएको उनका परिवारको ११ जना र उनको सम्पर्कमा आएको १२ जनाको स्वाब ¥यापिड डाइनोष्टिक टेष्टबाट परीक्षण गर्दा सबै जनामा निगेटिभ आएको तिलाठी कोइलाडी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दिपक कुमार मण्डलले बताएका छन् ।