कोरोना भाइरसबाट जोगिन वीरगन्जलाई ‘सेनिटाइज’ गरिंदै
५ बैशाख वीरगञ्ज | हरेक व्यक्तिको जीवनशैली नै कोरोना भाइरसका कारण परिवर्तन भएको छ। देश लकडाउनमा छ। सर्वसधारण घरबाहिर निस्केका छैनन्। बाहिर निस्केकाहरु पनि सामाजिक दूरी कायम गरिरहेका छन्। कोही दैनिक कैयौंपटक साबुन पानीले हात धुन्छन् त कोही सेनिटाइजर प्रयोग गर्छन्।
तर पनि कोरोना भाइरसको खतरामा रहेको महसुस सर्वसधारणले गरिरहेका छन्। प्रदेश २ का कैयौं स्थानीय तहले कोरोना भाइरसबाट जोगिन टोल–टोलमा कीटाणु मार्ने औषधि छर्किरहेका छन्। कोरोनाबाटै जोगिन वीरगन्ज महानगरपालिकामा जीपी कोइराला फाउण्डेसन पर्साले पनि औषधी छर्किन सुरु गरेको छ।
फाउण्डेसनले वीरगन्ज महानगरका ३२ वटै वडाको हरेक टोलमा सोडियम ‘हाईपोक्लोराइट’ नामक सर्फेस सेनिटाइजर छर्किने सुरु गरेको हो। सेनिटाइजर छर्किन दर्जनौं मजदुर परिचालित भएका छन्। कोरोनाबाट जोगिन सरसफाइ राख्नुपर्ने भएकाले वीरगञ्ज महानगरलाई सेनिटाइज गर्न लागेको फाउन्डेसनका प्रतिनिधि मनोज राउतले बताए।
वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा बसेका तीन भारतीय नागरिक कोरोना संक्रमित भेटिएका थिए। उनीहरु यतिबेला नारायणी अस्पतालमा उपचाररत् छन्। फाउन्डेसनका राउतले भने, ‘संक्रमित भेटिएपछि वीरगन्जवासी त्रसित छन्। त्यसैले त्रास घटाउन पनि औषधि छर्किन सुरु गरेका छौं।’
वीरगन्ज उपमहानगरपालिका १, २, ३, १० र १६ मा शुक्रबार औषधि छर्किइँदैछ। बाँकी वडाहरुमा शनिबारदेखि निरन्तर औषधि छर्किने फाउन्डेसनका सचिव धिरजकुमार गुप्ताले जानकारी दिए।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४