add post
  • Terai Nepal
  • २०७७ बैशाख ४ गते, बिहीबार १२:४४ मा प्रकाशित

नवलपुरको मध्यविन्दु- २ मा डुङ्गा पल्टिदा एक बालिका बेपत्ता

नवलपुरको मध्यविन्दुमा डुङ्गा पल्टदा एक बालीका बेपत्ता भएकी छिन् । मध्यविन्दु नगरपालिका २ मध्यवर्ती पुरानो मसानघाट नन्दपुरमा नदी पार गर्ने क्रममा काठको डुङ्गा पल्टदा १४ वर्षकी बालीका डुबेर हराई बेपत्ता भएको स्थानीयवासी जानकारी दिएको छ ।

बुधबार दिउसो ४ः३० बजेको समयमा नारायणी नदीमा काठको डुङ्गा चडि नदि पार गर्ने क्रममा मध्यविन्दु नगरपालिका २ गैरी टोल बस्ने चिन्तामणी महत्तोको छोरी वर्ष १४ कि कन्चना महतो डुबि हराई बेपत्ता भएको सुचना अधिकृत प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिए । खाँणका अनुसार डुङ्गामा सवार ४ जना मध्ये ३ जनालाई सकुशल उद्धार गरिएको र एक बालिका डुबेर हराएको हुदा बालिकाको खोजतलास तथा अन्य अनुसन्धान कार्य भईरहेको छ ।

Registration Open for Mr. & Miss Tharu 2020
तराईसबै