सप्तरीका दुई जनाको आरडीटी रिपोर्ट पोजेटिभ, स्वाब परीक्षण नेगेटिभ
वैशाख ३| सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालबाट कोरोना परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको सात जनाको रिपोर्ट नेगेटिभ आएको छ । भारतको दिल्लीबाट आएका व्यक्तिहरुको र्यापिड डाइग्नोष्टिक टेस्ट गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ र पाँच जनाको नेगेटिभ रिपोर्ट आएको थियो ।
थप परीक्षणका लागि उनीहरुको स्वाबको नमूना पीसीआर (पोलिमर चेन रिएक्सन) विधिबाट परीक्षण गर्न प्रतिष्ठानको माइक्रोबायोलोजीको प्रयोगशालामा पठाइएको थियो । उनीहरुको स्वाबको पीसीआर ल्याब टेस्ट गर्दा सबै नतिजा नेगेटिभ आएको प्रतिष्ठानका प्रवक्ता डा. अशोक ऐरले बताउनुभयो ।
यसैगरी प्रतिष्ठानको हेल्पडेस्कले बुधबारसम्ममा प्रतिष्ठान आफैले ४५ पुरुष र १९ महिला गरी ६४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठान बाहिरका विभिन्न अस्पतालबाट संकलन गरी ल्याएका स्वाब सबै नेगेटिभ देखिएको प्रवक्ता डा ऐरले जानकारी दिनुभयो । उहाँकाअनुसार बुधबार सम्ममा कुल १ सय ९५ जनाको पिसिआर टेस्ट गर्दा सबैको नतिजा नेगेटिभ आएको छ । Source:radiokantipur
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



