add post
  • Terai Nepal
  • २०७७ बैशाख २ गते, मंगलवार १६:२० मा प्रकाशित

सिन्धुलीमा तराईबाट आउने खाद्यान्‍न एकसाता बन्द

बैशाख २|  तराईका विभिन्न जिल्लाबाट सिन्धुलीमा आयात हुने तरकारी, खाद्यान्‍नलगायत बस्तुमा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो।  बैठकले तराईका विभिन्न जिल्लाबाट सिन्धुलीमा आयात हुँदै आएका फलफूल, तरकारी, माछामासु, अण्डालगायत बस्तु एक सातासम्म आयात तथा ढुवानीमा प्रतिबन्ध लगाएको हो। पछिल्लो समय प्रदेश २ जिल्लामा कोभिड–१९ का संक्रमित भेटिन थालेको र सिन्धुलीमा संक्रमण फैलिन सक्ने भएकाले एक सातालाई आयात प्रतिबन्ध गरिएको प्रजिअ पाण्डेले बताए।  बैठकले कोरोना भाइरस संक्रमण फैलिन नदिन सचेतनामूलक कार्यक्रमका साथै लकडाउन अवधिभर घर बाहिर निस्कन नदिन राजनीतिक दलमार्फत कार्यकर्ता, भ्रातृ संगठनका कार्यकर्तालाई निर्देशन दिने पनि निर्णय भएको छ। source:thahakhabar