add post
  • Terai Nepal
  • २०७७ बैशाख १ गते, सोमबार १९:४९ मा प्रकाशित

सनसिटी अपारमेन्टमा बस्ने बेलायतबाट आएका ३ जनामा काेराेना संक्रमण

काठमाडौं । काठमाडौंकाे कागेेश्ववरी मनाेेेहरा नगरपालिका वडा नम्बर ९ स्थित सनसिटी अपार्टमेन्टमा बस्ने ३ जनामा काेराेना संक्रमण देखिएकाे छ ।

उनीहरू चैत ५ गते बेलायतबाट काठमाडौं आएर अपार्टमेन्टकाे छुट्टै क्वारेन्टाइनमा बसेका थिए । उनीहरूकाे मूलपानीकाे अस्थायी अस्पतालमा र्यापिट टेष्ट गर्दा रिपाेर्ट पाेजेटिभ आएकाे कागेश्वरीका मेयर कृष्णहरी थापाले जानकारी दिनुभएकाे छ । थप परीक्षणका  लागि पाटन अस्पताल पठाइएकाे थापाले बताउनुभयाे ।

लुकेर बसेको अवस्थामा तीनै जनालाई कोरोनाको आशंकामा सनिसटी अस्पतालबाट प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

तीनै जनालाई कोरोना संक्रमणको आशंकामा पाटन अस्पताल भर्ना गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।  सनसाइन अपार्टमेन्ट अहिले सिलबन्दी गरिएको डिएसपी बोगटीको भनाइ छ ।