add post
  • Terai Nepal
  • २०७७ बैशाख १ गते, सोमबार ०९:४९ मा प्रकाशित

कैैलाली लम्कीकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ

टीकापुर : कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको छ।

अस्पतालका स्वास्थ्यकर्मीका अनुसार बालकल्याण मावि भूरुवाको क्वारेन्टाइनमा राखिएकी महिलामा कोरोना पोजेटिभ देखिएको हो। कैलालीमा परीक्षण गर्दा नेगेटिभ देखिएको उनको काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ। र्यापिड टेष्टमा नेगेटिभ देखाएको थियो।

उनी वीरगन्जमा सामान्य व्यापारको कारोवार गर्दै आएकी थिइन् । वीरगन्जबाट उनीसहित १७ जना लम्की चुहा नगरपालिकामाचैत्र ९ गते आएका थिए । पहिला क्यारेन्टाइनमा बस्न नमानेपनि पछि सबैले बस्न भनेपछि मानेका थिए।

५१ जना रहेको क्वारेन्टाइनबाट टीकापुर अस्पतालको स्वास्थ्यकर्मीको  टोलीले ४४  जनाको स्वाब संकलन गरेको थियो।  काठमाडौंबाट आएको टोलीले २५ गते ¥यापिड र स्वाब दुबै संकलन गरेको थियो । लम्की चुहामै ९९ जनाको स्वाब संकलन भएको थियो । ९८ जनाको नेगेटिभ आियो ।

सरकारले भने आधिकारिक घोषणा गरिसकेको छैन । यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या १३ पुगेको छ। source: annapurnapost