add post
  • Terai Nepal
  • २०७६ चैत्र २९ गते, शनिबार १२:३५ मा प्रकाशित

सप्तरी ब्रहमदेव मण्डलकाे घरमा आगलागी हुदा करिब ५ लाख बराबरकाे क्षति

सप्तरी- हनुमाननगर कंकालिनी नगरपालिका वार्ड-९ स्थित ब्रहमदेव मण्डल काे घरमा गए राति अगलागी हुदा नगद,खाद्यान्न,गरगहना लगायतका सामग्री जलेर नष्ट भएको छ । आगलागीकाे कारण खुलन सकेको छैन। करिब ५ लाख बराबरकाे क्षति भएकाे मण्डलले जानकारी गराउनु भएकाे हाे । र एक जना आगाेकाे कारणले गम्भीर घाइते हुनुभएको छ ।
काेराेना माहामारीका कारण समस्या यतिबेला सबै छन् तर मेरो परिवारलाई झन् समस्या भएकाे छ । खाद्यान्न सबै जलेर नष्ट हुदा सक्दो सहयोग गरिदिनलाई उहाँले सम्बन्धिसंग आग्रह गरेका छन् ।