add post
  • Terai Nepal
  • २०७६ चैत्र २३ गते, आईतवार २०:४९ मा प्रकाशित

नेपालमा १५ भारतीय किशोरहरु फेला

नेपालमा १५ भारतीय किशोरहरु फेला

सप्तरी,चैत २३ गते : नेपालमा १५ जना भारतिय किशोरहरु भेटिएका छ्न । उनीहरुलाई महोत्तरीको एकडारा गाउँपालिका ५ स्थितबाट उद्धार गरिएका हुन ।

समाजसेवी सरोज रायको पहलमा १३ वर्ष देखि १८ वर्ष उमेर सम्मको १५ जना बालक र किशोरहरु महोत्तरीको एकडारा गाउँपालिका वार्ड न. ५ बहेरा टोलमा फेला पारेको छ ।

सूचनाको अधारमा शनिबार अबेर राती देखि खोज तलास गर्दा उनीहरु भेटिएका हुन । महोत्तरीको प्रमुख जिल्ला अधिकारी, जनपथ र अनुसन्धानको एसपी लगायतको सरोकारवाला संग यस विषयमा छलफल गरे पश्चात स्वास्थ्यकर्मी राकेश यादव र टिएमएनसी सदस्य पप्पु यादव सहित एकडारा गाउँपालिका अध्यक्ष राम छविला साहको टोलिले फेला परेका थिए ।

समाजसेवी रायको नेतृत्वमा महोत्तरीको एकडारा गाउँपालिका वार्ड न. ५ बहेरा टोल स्थित मदरसामा जादा कोहि भेटिएन । सोहि गाउँपालिका ५ का वाड अध्यक्ष शेराजुदिल सहित गाउँघरमा खोजतलास र सोधपुछ गर्दा केहि महिलाले न्यौलो अनुहारको व्यक्तिलाई देखेको बताए पनि अहिले काहाँ छ वारे सुको पतो नलागेको बताए । सोधखोज गर्दै जादा सोही गाउँमा भेटिएको हो ।

उनीहरु १३ वर्ष देखि १८ वर्ष उमेर सम्मको १५ जना बालक र किशोरहरु एउटा घरमा आएर बसेको फेला परेको थियो । सोधपुछमा सबैजना यूपीको एउटा मदरसाका अध्यनरत रहेको र भारतमा लक्डाउन सुरु हुनसाथ उनीहरु आफ्नो गाउँ विहारको किशनगंज जिल्ला फर्किने क्रममा सीतामढीमा आएर घेरिए पश्चात मुख्य सीमाबाट नआएर चोरबाटो हुँदै एकडारामा रहेको आफ्नो मित्र काहाँ चैत्र १२ गते आएको बताए ।

यसैगरी उनीहरु सबैको ज्वरो जाचँ गरेको छ भने सबैको तापक्रम सामान्य थियो र कोरोनाभाइरस सम्बन्धित कुनै लक्षण नदेखिएको रायले बताए ।

यसैगरी उहाँका अनुसार बालकहरु बताएका स्टोरी सत्य रहे पनि बेलैमा यिनीहरु वारे प्रशासनलाई जानकारी नगराउनु त्यहाँको समाजको चरम लापरवाही हो साथै अन्य भारतीय व्यक्तिको अवस्था वारे वार्ड अध्यक्ष र स्थानीय समाजले थाहा भएर पनि यथार्त लुकाउँदै छ भन्ने त्यो चरम लापरवाही र गैर-जिम्मेवारीपन रहेको छ । त्यस्तै महोत्तरी जिल्लाको अन्य गाउँ जस्तो एकडारा गाउँपालिका कै वार्ड न.३ र सम्सिकनमा क्षेत्रमा पनि बाहिरबाट आएर शरण लिएको बताए । साथै प्रशासन यसमा गम्भीर हुन् एकदमै आवश्यकता रहेको बताउदै यो सर्च अप्रेशन कुनै वर्ग-समुदायको लागि नभएर कोरोना-मानव-चेन तोड्नको लागि मात्र रहेको स्पष्ट पारे ।