add post
  • Terai Nepal
  • २०७६ चैत्र २१ गते, शुक्रबार १०:११ मा प्रकाशित

कोरोना भाइरस संग जुध्न युवाहरुको भुमिका

लेख: अर्णब चौधरी

अहिले विश्व कोभीड़-१९( कोरोना भाइरस) का कारण विश्व थला परि रहेको अवस्थामा हाम्रो देश पनि अछूतो छैन । हाम्रो गाउँपालिका अर्थात गढवा गा.पा पनि निकै जोखिममा रहेको हामीले मानेका छौं। यो रोगलाई निर्मूल पार्नका लागि सरकारले लक डाउन लगाए सँगै अझै ठप समस्याहरु पनि उब्जी रहेका छन्।

सरकार एक्लैले यो सँग लड़न सक्ने अवस्था देखीदैन त्यसैले हामी गढवा गा.पाका केहि युवाहरु पनि आफ्नो ठाऊँ बाट आफ्नो ठाऊँमा कमतीमा केहि त गरौ भनेर गर्न खोजी रहेका छौं। हजूर युवा साथीहरु हामि सँग जोडीएर काम गर्न चाहनु हुन्छ भने कृपया सम्पर्क गर्नु होला। स्थानीय सरकार र मनकारी व्यक्तिहरु र संघ संस्थाहरुले पनि हामी युवाहरुलाई खताउन र प्रयोग गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ।

सम्पर्कका लागि :-

सागर खनाल (Sagar Khanal) ९८५७८४११९६
अर्णब चौधरी (Arnab Chaudhary) ९८२३६१९५०२
प्रबीन ओझा (Praveen Ojha)९८२२९१२९२९
*मेन्शन गरिएका नाममा मेसेज पनी गर्न सक्नु हुन्छ।

नोट:-“कोरोना बिरुद्ध सबै युवा एक जुट भएर आफ्नो आफ्नो ठाऊँ बाट लागौ”
एक जुट भन्ना ले भीड़ भाड़ गरेर होइन ।

हामी युवाहरु ले निम्न टीपीएका काम गर्न सक्छौ भन्ने थानेका छौं:-

क. विश्व स्वास्थ्य संगठन र सरकारले दिएका निर्देशनहरु पालन गरेर र अरुलाई पनि पालन गर्न लगाएर।

ख़.आफ्नो परिवार, साथीहरु यबम समुदाय लाई सचेत गराएर यबम सचेतना कार्यक्रमहरु गरेर। जसका लागि अनलाइन र अफलाइन कोमाध्यम प्रयोग गर्न सकिन्छ ।समुदाय सुरक्षित छ की छैन भनेर सबै अनुगमन गरेर र समुदाय को सुरक्षा को लागि सबैलाई जागरूक गराएर। साथै आफ्नो समुदाय मा सरसफाई गरेर।

ग. कुनै ठाऊँमा स्वयंमसेवक को रुपमा काम गरेर । यदि बृद्ध , यबम अशक्तहरु हाम्रो समुदाय मा छन् भने बिभीन्न प्रकारका सहयोगहरु गरेर । जस्तै उनीहरूको लागि औषधी ,खाद्यान्न समाग्रीहरुको व्यवस्थापन गरि दिएर। स्वास्थ्य सेवा दिन सक्ने युवा ले स्वास्थ्य सेवा गर्ने, पढाउन सक्ने ले ऑनलाइन शिक्षा दिन सक्छन् आदि।

घ. राहतहरु संकलन गरेर पनि सहयोग गर्न सकिन्छ। यो अवस्था मा गरीब यबम दैनिक मजदूर गर्ने हरूको लागि खाद्यान्नको व्यवस्थापन यबम अहिलेको अवस्थामा अति आवश्यक बस्तु जस्तै मास्क , औसधि, साबुन जस्ता को आवस्यकता पूर्ति गर्नका निम्ति राहत संकलन गरेर।

ङ. अहिले को अवस्थामा सरकारलाई जवाफदेहि बनाउने , कालाबजारी मौलाउने रोक्नमा मद्दत गर्ने, सरकार लाई एक्टिव बनाउनका लागि झक झकाउने हरेक कामका लागि र नीति निर्माण यबम कार्यनव्यनमा सहयोग गरेर र सरकार र जनता बिच राम्रो सम्पर्क को माध्यम निर्माण गरि दिएर वा आफै माध्यम बनेर र बिभिन्न संघ संस्था हरुलाई पनि साथमा ल्याउन को लागि भूमिका खेलेर

च. सही यबम भरपर्दो समाचार यबम सन्देशहरुको सम्प्रेषण गराएर र भय, डर, त्रास मानिस बिच बाट कम गराएर मानसिक रुपमा बलियो बनाउन सकिन्छ। यबम घरमैं बसेर गर्न सकिने काम हरूको बारेमा जानकारी गराएर।

नोट:- युवा हरु पनि यस बाट संक्रमित हुन सक्दैनन भन्ने होइन तर कम सम्भावना हुने गर्दछ। पूर्ण सतर्कता अपनाएर गर्न सकिन्छ। हामी ले केहि गर्दा निर्मूल हुन्छ भने किन न गर्ने।