‘प्रदिप र रियाशाको थारु गीत तुहि हो तुहि सार्वजनिक (भिडियो सहित)
प्रदिप र रियाशाको थारु गीत तुहि हो तुहि थारु भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतमा नरेश जोगी तथा अन्नु चौधरीको स्वर छ भने नरेश जोगी कै संगीत र गणेश चौधरीको एरेन्ज रहेको छ । देवदत्त क्रियशनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरेका उक्त गीतको म्युजिक भिडियोमा नेपाली चलचित्र होस्टेल रिटर्न्समा पिके डन नामको पात्रबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल थारु कलाकार प्रदिप कुमार चौधरी तथा अहिलेकी व्यस्त मोडेल रियाशा दाहालको अभिनय रहेको छ ।
गीतको भिडियोमा उत्सव दाहालको क्यामेरा, चन्द्र चौधरीको मिक्सिङ र मिलन बिश्वकर्माको सम्पादन तथा कलर रहेको छ। गीतमा रंगकर्मी प्रदिप कुमार चौधरी र रियाशा दाहालको अभिनय देख्न सकिन्छ।गीतलाई सर्लाही जिल्लाको हरिपुर, सिसवा क्षेत्रको विभिन्न थारु बस्तीमा छाँयाकन गरिएको हो ।
-
प्रतिसोधको राजनीतिले कसैलाई फाइदा गर्देन ! सिताराम थारु
१ महिना अगाडि -
पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष पक्राउ
३ महिना अगाडि -
माैन अवधिमा उपत्यकाबाट बाहिरिए १ लाख ४२ हजार यात्रु
३ महिना अगाडि