थारु गीत ऐया डाइ ऐया बाबाको भिडियो छायांकन सकियो
हेमन्त चौधरी, काठमाडौ । थारु गीत – “ऐया डाई ऐया बाबा चढल जवनिया बडाई रे सुघरकिह लेके नैछोरबुं !”
गायक तथा रचनाकार दोषहरण मेरो मिल्ने साथी हुन। गीत रेकर्ड भैसकेपछि उनले मलाई यहि गीत पठाए र सुनेर प्रतिक्रिया मागे। गीतको टुक्का नै टाइटानिक लाग्यो। सुरुसुरुमा सुन्दा हांसो उठ्यो। मादलको ढोड्रो अवाजले कान खाएजस्तो लाग्यो। तर जति सुन्दै गएं त्यत्तिनै रमाईलो र आनन्द लाग्न थाल्यो। मैले दोहर्याइ तेहर्याइ घरीघरी सुनें। अझै पनि यो गीत नसुनेको कुनै दिन नै छैन।
थारु झुम्रा गीतमा आफ्नो ठेड थारु शब्द प्रयोग गरेर बालापनलाई अविस्मरण गरिएको रहेछ। प्रेमी-प्रेमिकाले आफ्नो बालापनमा छेगरी-भेंरी चराउंदै लाएको पिरतीको सम्झनाले विगतको याद दिलाउंछ। दोषहरण र समिक्षा चौधरीको स्वर तथा गणेश चौधरीको एरेन्ज रहेको गीतमा मन्दरिया नन्दुराजले बड्का नाचको मन्डरा(मादल) बजाएर गीतलाई अझ मिठास थप्ने काम गर्नुभएकोछ।
मलाई निकै मनपर्ने यो गीतको सुटिङ सकिएको खबरले म धेरै नै खुशी छु। नृत्य निर्देश दिपक चौधरीका अनुसार – भिडियोमा गीतले मागे अनुसारको कथा प्रदान गरिएकोछ। जसमा शक्ति चौधरी , बिना थारू, अर्जुन निमन कुस्मी, साईंलु चौधरी लगायत कलाकारहरुको इन्ट्री रहेकोछ। महेश चौधरीको छायांकन रहेको गीतमा दिपक चौधरी र सत्य थारु (फेटारा) ले निर्देशन गर्नुभएकछ। भिडियो सम्पादन भैरहेको र छिट्टैनै सार्वजनिक हुने जानकारी प्राप्त भएकोछ। आश गरौं यो गीतले पक्कैपनि यो महामारी बाट विकृत समस्यालाई केहि हदसम्म भुलाउने कोसिस गर्नेछ।
-
नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने
८ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४