सनराईज बैंक विराटनगरको कर्मचारीले कार्यालयमै आत्माहत्या गरिन्
विराटनगर । सनराईज बैंक विराटनगरको कर्जा शाखा शाखा वरिष्ठ सहायक अधिकृत सनाज खतिवडाले कार्यकक्षमै विष खाएर आत्महत्या गरेकी छिन् ।
विराटनगर ८ निवासी ३० वर्षीया उनले कार्यकक्षमै विष खाएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
दिउँसो १ बजे कार्यकक्षमै विष खाएपछि उपचारका लागि अस्पताल लगिएको थियो । तर, अस्पताल भर्ना गरे लगतै उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । घटनाको बाँकी पक्षमा प्रहरी अनुसन्धान सुरु गरेको र लास पोष्टमार्टमका लागि पठाइको छ । उनको ब्यागमा सुसाइड नोट भेटिएको र प्रहरीले त्यसका आधारमा अनुसन्धान गरिरहेको दावी गरेको छ ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४