add post
  • Terai Nepal
  • २०७७ श्रावण २० गते, मंगलवार १०:५९ मा प्रकाशित

पुर्वि चितवनको खैरहनीमा होम क्वारेन्टाईनमा बसेका एक पुरुषको मृत्यु

चितवन २० साउन /
पुर्वि चितवनको खैरहनीमा होम क्वारेन्टाईनमा बसेका एक पुरुषको मृत्युभएको छ । ईलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारी अनुसार बिगत १३ दिन अघी बारा जिल्ला बाट खैरहनी आएर होम क्वारेन्टाईनमा बसेका ३५ बर्षिय पुरुषको गएराती मृत्यु भएको हो । ती पुरुष खैरहनी ६ पुरानो पर्सामा रहेको केसी बोरा उद्योगमा काम गर्ने मजदुर रहेको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख ऋषिराम घर्तिमगरले जानकारी दिनुभयो । मृत पुरुषको स्वाब संकलन गरी पीसीआर बिधिबाट कोरोना टेष्टको तयारी गरीएको छ । मृतक कलैया नगरपालिकाका स्थाई बासीन्दा हुन् । ६ जना ब्यक्ती संगै सुतेका उनको राती छाती दुखेर असजीलो महशुष भएको केहि बेरमै मृत्यु भएको बताईएको छ ।