विराट नर्सिङ होमका चार जना नर्सलाई कोरोना
विराटनगर । विराट नर्सिङ होममा कार्यरत थप चारजना नर्समा कोरोना भाईरस पोजेटिभ देखिएको छ । अस्पतालका सञ्चालक एवं चिकित्सकमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट टेसिङ्गका आधारमा गरिएको स्वाब संकलन र परीक्षणमा चारजना नर्समा पोजेटिभ देखिएको हो ।
नर्सिङ होममा कार्यरत चारजना महिला कर्मचारीमा कोरोना पुष्टि भएसँगै विराट अस्पतालको संक्रमण जोखिम झन् बढ्ने देखिएको छ । संक्रमित मध्ये एकजना कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी समेत हुन् ।
विराटनगर ५ र १० नम्बर वडा र कोशी अस्पताल बस्ने समेत गरि चारजना रहेको महानगरका फोकल पर्सन हैदर अलीले जानकारी दिएका छन् । अस्पतालका ५८ कर्मचारीको स्वाब संकलन गरिएको थियो । तीमध्ये चारजनामा संक्रमण पुष्टि भएको हो । अस्पतालमा २५० संख्यामा कर्मचारी रहेका छन् ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४