भोलिदेखि पाँच दिनसम्म भारी वर्षा हुने संभावना
जल तथा मौसम विज्ञान विभागले भोलि सोमबारदेखि शुक्रबारसम्म भारी वर्षा हुने संभावना छ । विभागको विशेष मौसम तथा बाढी बुलेटिनमा मनसुन सक्रिय भई देशका धेरैजसो स्थानहरुमा साउन १२ गते सोमबारदेखि १६ गतेसम्म वर्षा हुने छ ।
मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहिरहने तथा पर्याप्त जल चापयुक्त हावा पनि भित्रिने सम्भावना रहेको उल्लेख गरिएको सो बुलेटिनमा प्रदेश ५, गण्डकी, कर्णाली, सुदूर पश्चिम तथा बागमती प्रदेशहरुका केही स्थानहरुमा तथा प्रदेश १ र २ का थोरै स्थानहरुमा भारी वर्षा भई पहिरो तथा बाढी जोखिम भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
१३ देखि १५ साउनसम्म गण्डकी, कर्णाली, सुदूर पश्चिम प्रदेशहरु र प्रदेश ५ का मध्य पहाडी भु भाग भई बहने नदीहरुमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्ने सम्भावना रहेको सवभागले जनाएको छ ।
तराईसबै
-
प्रतिसोधको राजनीतिले कसैलाई फाइदा गर्देन ! सिताराम थारु
३ हप्ता अगाडि -
पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष पक्राउ
३ महिना अगाडि -
माैन अवधिमा उपत्यकाबाट बाहिरिए १ लाख ४२ हजार यात्रु
३ महिना अगाडि