दुई बालिका पोखरीमा मृत फेला
बेलुकी अबेरसम्म घर नफिरेका बालिकाहरूलाई खोज्न निस्केका गाउँलेले पोखरीको डिलमा लुगा र चप्पल देखेपछि प्रहरीलाई खबर गरेका थिए

सर्लाही — बाख्रा चराउन गएका दुई बालिका पोखरीमा मृत फेला परेका छन् । ईश्वरपुर नगरपालिका–१४ गौरीशंकरका १० वर्षीया आरती महतो र छिमेकी १३ वर्षीया अञ्जली महतो शनिबार बेलुकी मृत भेटिएका हुन् ।
दुवै जना शनिबार बिहान खाना खाएर बाख्रा चराउन गएका थिए । साँझसम्म पनि घर नफर्केपछि परिवारका सदस्यसहित गाउँलेले खोजे । गाउँमा निर्माणाधीन माछा पोखरीको छेउमा बेलुकी अबेर उनीहरूको कपडा र चप्पल देखेपछि गाउँलेले प्रहरीलाई खबर गरे । डुबेर ढाडिएको अवस्थामा दुवैको शव फेला परेको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए ।
गर्मी छल्न नुहाउन पस्दा बालिकाहरू पोखरीको गहिरो भागमा डुबेको अनुमान छ । सामान्य खाल्डो जस्तै देखिने पोखरीको एक भाग भने गहिरो छ । बालिकाहरू त्यही भागमा पुगेपछि डुबेको हुन सक्ने गुरुङले बताए । स्थानीय प्रकाश महतोले आफ्नो जग्गामा माछापालनका लागि पोखरी खन्न लागेका थिए । वर्षायाम सुरु भएपछि पोखरी निर्माण रोकिएको थियो । डिलसमेत बनेको थिएन ।
आरती आनन्द महतोकी र अञ्जली रामपृत महतोकी छोरी हुन् । नाबालक छोरीहरूको निधनले दुवै परिवारसँगै बस्ती नै शोकमग्न रहेको वडाध्यक्ष रामपुकार महतोले बताए । अव्यवस्थित तरिकाले खनिएको पोखरीका कारण नै बालिकाको ज्यान गएको परिवारजनको आरोप छ ।
Source: ekantipur
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



