थप १०९ जनामा कोरोना संक्रमण, एक मृत्यु,संक्रमित १८,४८३ पुग्याे
शनिबार थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १०९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८,४८३ पुगेको छ ।
उनका अनुसार अनुसार बिपी अस्पताल धरानमा गरिएको परिक्षणका क्रममा २ जना , गजेन्द्र नारायण अस्पताल राजबिराजमा ११, नारायणी अस्पताल वीरजंगमा ९ , भरतपुर अस्पताल चितवनमा १ , टेकु प्रयोशालामा १ , हेटौडामा ६ , पाटनमा ३, बीर अस्पतालमा २ , स्टार अस्पतालमा १ , रुपन्देहीमा १३ , भेरी अस्प्ताल नेपालजंजमा ९ , लुम्वनी अस्पताल बुटलवमा ४ , सुखेतमा ५१ र डडेलधुरामा गरिएको परिक्षणका क्रममा २० जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै थप एक जनाको मृत्यु भएको छ । बारा परवानीपुरका १७ बर्षिया युवतीको गण्डक अस्पताल बीरजंगमा निधन भएको प्रवक्ता गौतमले जानकारी दिए।
यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ । हाल क्वारेन्टाइनमा १८,१८३ जना रहेका छन् । शनिबार १०६ जना डिष्चार्ज भएका छन् भने हालसम्म १३०५३ जना डिष्चार्ज भएका छन् ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



