add post
  • Terai Nepal
  • २०७७ श्रावण ९ गते, शुक्रबार १६:४२ मा प्रकाशित

१ सय ३३ जनामा कोरोना संक्रमण, १०७ जना डिस्चार्ज

९ साउन, काठमाडौं । शुक्रबार नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयले जानकारी दिएको छ ।

त्यस्तै कोरोना संक्रमण निको भई १ सय ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।

नेपालमा हालसम्म ४४ जना संक्रमितको मृत्यु भइसकेको छ।