add post
  • Terai Nepal
  • २०७७ श्रावण ६ गते, मंगलवार १६:३७ मा प्रकाशित

थप १५० जनामा कोरोना संक्रमण पुष्टि, ६०९ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल १७ हजार ९९४ जनामा कोरोना पुष्टि भएको छ।

विगत २४ घण्टामा विभिन्न २७ वटा प्रयोगशालामा ३ हजार ९६३ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। हाल देशका विभिन्न क्वारेन्टिनमा २१ हजार ७०४ व्यक्ति बसिरहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६०९ जना विभिन्न आइसोलेसन तथा अस्पतालबाट डिस्चार्ज भएका छन्।

आजसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ४७७ रहेको छ। यो ६९.३४ प्रतिशत हो।

हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ जना रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० छ।