आज साउनको पहिलो सोमबार, भगवान शिवको पूजा आरधना गरी मनाइदै

सप्तरी। आज साउन महिनाको पहिलो सोमबार । हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन धेरै नै बिशेष मानिन्छ । सोमबारको दिन हिन्दु महिलाहरु भगवान शिवको व्रत बस्ने गर्छन् । हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरुमा पनि सोमबारलाई महत्व राखिन्छ ।
यसदिन शम्भुनाथ मन्दिरमा भक्तजनहरुको भीड लाग्ने गर्छ । तर यसपाली भने कोरोनाभाइरसका कारण मन्दिरमा भीडभाड गर्नु राम्रो मानिदैन ।
धेरैले घरमै शिवको व्रत बस्नु राम्रो हुन्छ । नेपालको जुनसुकै भूभागमा बस्ने मानिसहरूले पनि यस महिना विशेष रूपमा भगवान् शिवको पुर्जा अर्चनाका साथ ब्रत बस्ने परम्परा रही आएको छ । साउन महिनामा महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगायर बस्ने गर्छन् ।
महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगायर यस महिना आयको महसुस गराउदछन् भने भगवान् शिवको पूजा गरी ब्रत बस्ने गर्दछन् भने पुरुषहरू पनि पहेलो वस्त्रमा सजियर शिवको मन्दिर पूजा अर्चनाका लागी जाने गर्दछन् ।सोमबार ब्रत बस्ने दिनभर भगवान् शिवको पूजा गर्ने अनि बेलुका चोखो खानेकुरा खाने जसमा विशेष गरी कर्कलो खायर ब्रत समाप्त गर्ने गरिन्छ ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



