add post
  • Terai Nepal
  • २०७७ श्रावण ४ गते, आईतवार १६:०८ मा प्रकाशित

थारु कला केन्द्रकाे अनलाई थारु आर्ट प्रतियोगिता सपन्न

बिराटनगर / थारू कला केन्द्र द्वारा आयोजित ‘अनलाइन थारू आइकनिक आर्ट २०२०’ काे बिजेता सुमित्रा चौधरीले १५ हजार नगद सहित उत्कृष्टताकाे प्रमाण पत्र पाएकी छिन् ।

प्रतियाेगिताका नतिजा असार १० गते थारू कला केन्द्रकाे फेसबुक पेज मार्फत सार्वजनिक गरिएकाे पनि शनिवार मात्र बिजेता लाइ सम्मान र प्रमाण पत्र वितरणकाे कार्यक्रम गरिएकाे हाे ।

लकडाउनकाे सदुपयाेग गर्दै थारु समुदायका महिलाहरुको प्रतिभा प्रश्पुटन गर्ने उद्धेश्यले थारु कला केन्द्रले ‘अनलाइन थारू आइकनिक आर्ट २०२०२’ प्रतियोगिता सञ्चालन गरेकाे थियाे । जसमा कला संस्कृतीकाे पहिचान झल्किने विभिन्न हस्तकलाका सामाग्री तयार पार्दै गरेकाे भिडियाे बनाएर थारू कला केन्द्रकाे फेसबुक पेजमा पाेस्ट गरिएकाे थियाे ।

४४ जना प्रतियाेगी सहभागि भएकाे साे प्रतियाेगितामा कन्टेस्टेन्ट नम्बर-१३, दुहवी-७ की सुमित्रा चौधरी पहिलाे भएकी हुन् । उनले थारू समुदायकाे बैवाहिक कार्यक्रममा प्रयाेग गरीने माटाेमाे चुलाेमा रंगराेधन गरी निकै आकर्षक तरिकाले प्रस्तुत गरेकी थिइन् । त्यस्तै रश्मि चौधरी द्धितिय र खुर्की चौधरी तृतीय स्थान ओगट्न सफल भएकी थिइन् ।

बिजयी हुने प्रतियाेगीहरूलाइ क्रमश १५ हजार, १० हजार, ५ हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिएकाे थियाे । उक्त प्रतियोगितामा ८ जना निर्णायक मण्डलले उच्च मुल्याङ्कन गरि बिजेता घाेषित गरेका थिए । थारु समुदायमा हराउँदै गएकाे कलात्मक समाग्री र आफु भित्र रहेको कलालाई संरक्षण गर्न कार्यक्रमको आयोजना गरेको थारु कला केन्द्रका अध्यक्ष देव कृष्ण बिश्वासले बताए ।

बिराटनगरमा आयाेजित प्रमाण पत्र वितरण कार्यक्रममा प्रमुख अतिथी प्रदेश सांसद चुमनारायण तबदारले लकडाउनकाे बेला अनलाईन मार्फत यस्ता कार्यक्रम गर्नु सराहनीय रहेको भन्दै संस्कृतिको जगेर्णा गर्न राज्यको समेत दायित्व रहेको बताए ।

महिलाहरु कार्यक्रम गरेर अनलाई मार्फत गरेको प्रतियोगितामा थारुहरु अगाडि बढ्न हौसला प्रदान गरेको भन्दै थारु सस्कृतिको जगेर्ना गर्न र थारु समुदायका महिलालाईअगाडी बढ्न मदत पुगेको थारु कला केन्द्रका सल्लाहकार सुचि चौधरीले बताइन ।

थारु कल्याणकारी सभा मोरङ अध्यक्ष प्रदिप भगत, अधिबक्ता मधुसूदन चौधरी, समाजसेवी बलभद्र सरदार, केन्द्रका सल्लाहकार सुचि चौधरी लगायतले कार्यक्रममा आफ्ना मन्तब्य राखेका थिए । पछिल्लाे समय थारू समुदायकाे कला संस्कृतीकाे संरक्षण संबर्धन गर्नुका साथै थारू समुदायकाे पहिचान विश्व सामु झल्काउन थारू कला केन्द्र सकृय देखिन्छ ।

Registration Open for Mr. & Miss Tharu 2020
तराईसबै