सरिता गिरीले दर्ता गराइन्, पार्टी र सरकारविरुद्ध मुद्दा

काठमाडौं । सांसद सरिता गिरीले सर्वोच्च अदालतमा पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता गराएकी छिन् ।
आफूलाई सांसद र पार्टीबाट निस्कासन गर्ने निर्णय अवैधानिक भएको भन्दै गिरीले सर्वोच्च अदालतमा आइतबार (आज) मुद्दा दर्ता गराएकी हुन् ।
“मलाई कारबाही गर्ने निर्णय अवैधानिक छ । त्यसकारण न्यायका लागि म अदालत आएकी हुँ ।’ मुद्दा दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै गिरीले भनिन् ।
यस्तै उनले संसदीय दलको सिफारिसमा मात्र आफूलाई केन्द्रीय समितिले कारबाही गर्न सक्ने भन्दै पदाधिकारी बैठकबाट लिइएको निर्णय अवैधानिक भएको दाबीसमेत गरिन् ।
पार्टीको निर्देशनविपरीत लिम्यिाधुरासहितको नेपालको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीले कारबाही गरेको थियो ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



