बाढीले बगाउँदा दुईको मृत्यु, एक बेपता
उदयपुर/झापा । निरन्तर वर्षासँगै आएको बाढीले बगाउँदा उदयपुरमा एक जनाको मृत्यु भएको छ ।
त्रियुगा नगरपालिका–९ गैरुन बस्ने बर्ष ६० का मानन चौधरीलाई त्रियुगा नदी तर्ने क्रममा बगाएको उदयपुर प्रहरीले जनाएको छ । उनी देउरीबाट आफ्नो घर गैरुन फर्कदै थिए । उनको शव १ किलोमिटर तल फेला परेको बताइएको छ ।
यसैगरि विरिङ खोलामा आएको बाढीले बगाउँदा झापामा एक जनाको मृत्यु भएको छ भने मेची नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् ।झापा गाउँपालिका– ५ का ३५ वर्षीय राजेश गणेशलाई विरिङ खोलाले बगाएर मृत्यु भएको हो ।
उता मेची नदीले बगाएर भद्रपुर– ३ नाउँगाउँका ३३ वर्षीय हिरण राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
source: Imagekhabar
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४