add post
  • Terai Nepal
  • २०७७ असार ४ गते, बिहीबार ०९:३० मा प्रकाशित

चितवनको खैरहनीमा एक जनामा कोरोना संक्रमण

चितवनको खैरहनी नगरपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी भरतपुरस्थित कोरोना प्रयोगशाला स्रोतले बिहीबार बिहान दिएको हो ।

हालसम्म चितवनमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये पाँच जना उपचारपछि घर फर्किएका छन् । अन्य भने अस्पतालमा उपचाररत छन् ।माडी नगरपालिकाले ७ जना संक्रमितलाई आफ्नै क्वारेन्टिनमा राखेर उपचार गराइरहेको छ ।