add post
  • Terai Nepal
  • २०७७ जेष्ठ ३२ गते, आईतवार १६:४४ मा प्रकाशित

थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९ पुग्यो

कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन भएको छ । गए राति गुल्मीका ३६ वर्षिया पुरुषको निधन भएको हो । यो संगै कोरोना भाइरसको संक्रमणबाट देशभर निधन हुनेको संख्या १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवकता डा. जागेश्वर गोतमले जानकारी दिए ।

निधन भएका गुल्मीका पुरुषमा यही १२ जेष्ठमा रुपन्देहीमा कोरोना पुष्टि भएको र उनी गुल्मी आइसोलेसनमा रहेको अवस्थामा ३१ गते राति आइसोलेसनमा नै निधन भएको मन्त्रालयले जनाएको छ । उनी क्यान्सर रोगबाट समेत पीडित भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।