थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६ पुग्यो
नेपालका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। भारतको महाराष्ट्रबाट १२ दिन अघि आएका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो। उनी अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका थिए।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अर्घाखाँची मालरानी ४ का ती पुरुषको उपचारपछि फर्कने क्रममा बुधबार मृत्यु भएको जानकारी दिए।
उनका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको थियो। उपचारपछि घर फर्किने क्रममा उनको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो सहित नेपालमा हालसम्म १६ जना संक्रमितको मृत्यु भएको छ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



