add post
  • Terai Nepal
  • २०७७ जेष्ठ ३० गते, शुक्रबार १५:४४ मा प्रकाशित

सुरु भयो अनलाइन थारु आर्ट प्रतियोगिता भिडियो जेष्ठ ३२ गते सार्वजनिक हुदै

थारु कला केन्द्रले आयोजना गरेको अनलाइन थारु आर्ट प्रतियोगिताको भिडियो जेष्ठ ३२ गते सार्वजनिक हुने भएको छ। अनलाइन थारु आर्ट प्रतियोगितामा ४३ जनाले सहभागिता जनाएको छ भने अन्तिम निर्णय २०७७ असार ०९ गते गरिने भएको छ।

अहिले घरमा अवश्य थुनिएका छौं तर हाम्रो सृजनाशक्ति र कलानात्मक शीप थुनिएका छैनन्। बिश्वमा माहामारिको रूप मा फैलिएको कोबिड-१९ का कारण सम्पुर्ण भय र त्रासको माहोल उत्पन्न भएको छ।

यस त्रासलाई कम गर्न र लक्डाउनको पालना गरि घरैबसी आफुमा भएको कलालाइ उजागर्न मनोरञ्जनात्मक र सृजनात्मक रूपले सदुपयोग गर्ने धारणाले “नेपालको पहिलो अनलाइन आइकनिक थारू कला प्रतियोगिता” थारु कला र कलाकारको जगेर्ना गर्ने आफ्नो सीप र कलालाई प्रस्तुत गर्ने उदेश्य यस कार्यक्रमको आयोजना गरिएको थारु कला केन्द्रका अध्यक्ष देव कृष्ण विश्वासले बताएका छन् ।

यो प्रतियोगिताको मुख्य उदेश्य आदिवासी नेपाली कला मार्फत सबै समुदायको ब्यक्तिहरुलाइ एक जुट गर्ने र आफ्नो सीप र कलालाई प्रस्तुत गरेर थारु कला र कलाकारको जगेर्ना हुन्छ भनेर आयोजक टिमले जानकारी दिएका छन्। प्राप्त जानकारी अनुसार प्रतियोगितामा विजता हुनेले क्रमस नगद रु.१५ हजार रु.१० हजार र रु.५ हजारका साथमा ट्रफि, साथै बिभिन्न उपहारहरु प्रदान गरिने छ। थारु कला केन्द्रको आयोजनामा रहेको यस कार्यक्रम नेपालको पहिलो अनलाइन आइकनिक थारू कला प्रतियोगितालाई स्पोन्सर कमल चौधरी र को-स्पोन्सर शुभकामान होस्पितलले गरिएको छ।

 

भिडियो हेर्नलाई यो लिंक मा क्लिक गर्नुहोस।

https://www.facebook.com/tharukalakendra/videos/261665058251099/

Registration Open for Mr. & Miss Tharu 2020