add post
  • तराई नेपाल
  • २०७७ जेष्ठ २८ गते, बुधबार १५:५७ मा प्रकाशित

बाँकेका सबै पालिकामा देखियो कोरोना पुष्टि

नेपालगञ्ज-बाँकेको कोहलपुर नगरपालिकामा पनि कोरोना देखिएको छ । कोहलपुरमा देखिएसँगै बाँकेका आठ वटै पालिकामा कोरोना पुष्टि भएको छ ।

भेरी अस्पताल, नेपालगञ्जका अनुसार, कोहलपुरमा तीन जनामा कोरोना पुष्टि भएको छ । कोहलपुरको वडा नं. १२ का १८, १८ र २२ वर्षका युवामा कोरोना देखिएको हो ।

बाँकेको अरु पालिकाहरुमा कोरोना देखिएपनि कोहलपुर चोखो थियो । आजदेखि कोहलपुर पनि अछुतो रहेन ।

बाँकेमा अहिलेसम्म २ सय ८२ जनामा कोरोना देखिएको छ । ९७ जना निको भएर घर गएका छन् । एकजनाको मृत्यु भएको छ । जिल्लामा चार हजार चार सय ९१ जनाको पीसीआर जाँच भएको छ । चार हजार ७ सय ७५ जनाको आरडीटी जाँच भएको छ ।

जिल्लामा सबैभन्दा धेरै नरैनापुरमा संक्रमित देखिएका छन् । त्यसपछि जानकी, नेपालगञ्ज, राप्तीसोनारी, डुडुवा, खजुरा, बैजनाथ र कोहलपुर पर्छन् ।

बाँकेमा स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार, १४ दिन आइसोलेसन अस्पताल वा सेन्टरमा बसेका पोजिटिभलाई दोस्रो जाँच नगरी घर पठाउने तयारी भएको छ । केही पालिकाले यसको विरोध गरेर नपठाउने भनिसकेका छन् ।

यसैबीच, भेरीले बुधबार सार्वजनिक गरेको विवरणमा बर्दिया मधुवन र रोल्पाको सुनिलस्मृतिका एक÷एक जनामा कोरोना पुष्टि भएको छ ।Source: Deshsanchar

Registration Open for Mr. & Miss Tharu 2020