मोडालिटी तयार, लकडाउन पाँच चरणमा खोल्ने प्रस्ताव
मन्त्रिपरिषद्को बैठक ५ बजेलाई सरेको छ । यसअघि दुई बजेलाई तय भएको बैठक साँझ पाँच बजेलाई सरेको एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनजीवन सहज बनाउन लकडाउनको मोडालिटी हेरफेर गरिने संकेत अघि नै सदनमा गरिसकेका छन् ।
उनले लकडाउनलाई कायमै राखिने र जनजीवन सहज बनाउन मोडालिटी हेरफेर गरिने बताएका थिए ।
स्रोतका अनुसार सरकारले पाँच चरणमा लकडाउन खोल्ने प्रस्ताव तयार पारेको छ । कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले पाँच चरणको प्रस्ताव तयार पारेको छ ।
मन्त्रिपरिषद्लाई यसअघि नै उपलब्ध गराएर प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरिएको प्रस्तावमा पाँच चरणमा लकडाउन खोल्न सकिने बताइएको छ ।
सीसीएमसीले प्रस्ताव गरेको मोडालिटी, जसलाई उनीहरूले जर्जिया मोडालिटी भनेका छन्, त्यसमा पहिलोे चरणमा असार १ गतेदेखि निजी कार, एवम् ट्याक्सी सेवा, डेलिभरी सर्भिस, ओपन एयर मार्केट, कृषि क्षेत्र खुला गर्न प्रस्ताव गरिएको छ ।
स्रोतका अनुसार ४० प्रतिशत यात्रु राखेर आन्तरिक उडान सुरु गर्न सकिने सीसीएमसीको मोडालिटी छ ।
लकडाउनको मोडालिटी तय गर्न मन्त्रिपरिषद् बस्दै
दोस्रो चरण असार १५ गतेदेखि निर्माण क्षेत्र खुला गर्न प्रस्ताव गरिएको छ । दोस्रो चरण नाम दिएको यो अवधिमा निर्माण सामग्रीको उत्पादन, कार वास सेन्टरहरू, अटो सर्भिससँग सम्बधित सम्पूर्ण सेवा सुचारु गर्न सकिने सीसीएमसीको प्रस्ताव छ ।
तेस्रो चरण, असार २९ गतेदेखि सपिङ मलबाहेकका खुद्रा एवम् होलसेल, प्रकाशन गृहहरू, खुला बजार क्षेत्र (भृकुटी मण्डप, कालिमाटी तरकारी बजार जस्ता स्थानहरू पूर्णतः खुला गर्न सकिने प्रस्ताव छ ।
चौथो चरण, साउन १२ गतेदेखि सपिङ मल, रेस्टुराँ, बैंक, एवम् वित्तीय सेवा, ब्युटि सैलुन आदि खोल्न प्रस्ताव गरिएको छ ।
पाँचौं चरण, साउन २६ गतेदेखि क्याटरिङ, पार्टी प्यालेस, धार्मिक क्षेत्र, अनसाइट रेस्टुराँ एवम् होटलसँग जोडिएका सेवा क्षेत्र खोल्न प्रस्ताव गरिएको सीसीएमसी स्रोतले बाह्रखरीलाई बतायो ।
त्यसपछि संक्रमणको लकडाउनलाई अन्त्य गर्न सुझाव दिइएको छ । तत्पश्चात् मनोरञ्जन, खेल, होटल र शैक्षिक संस्था खुला गर्न प्रस्ताव गरिएको सीसीएमसीका एक सदस्यले जानकारी दिए ।
मन्त्रिपरिषद्ले यही प्रस्तावलाई आज कार्यरूप दिने सीसीएमसी स्रोतले बतायो ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



