सप्तरीमा एकै दिन थपिए २३ जना कोरोना संक्रमित | योसँगै संक्रमितको संख्या १०० पुग्यो
दिनहुँ कोरोना संक्रमित फेला पर्न थालेको सप्तरीमा सोमबार एकै दिन २३ जना संक्रमित थपिएका छन् । पछिल्लो पटक राजविराज नगरपालिकाका ७ तथा भारतीय सीमासँग जोडिएको बलानबिहुल गाउँपालिकाका १६ गरी २३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
यो सँगै जिल्लामा संक्रमितको संख्या ७७ बाट एक सय पुगेको छ । पछिल्लो पटक संक्रमण पुष्टि भएका एक महिलासहित सबै पुरुष ९/१० दिनअघि भारतबाट घर फर्कि नगरपालिका र गाउँपालिकाद्वारा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै आएका थिए ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरस्थित कोशी अस्पतालबाट सोमबार प्राप्त परिक्षण रिपोर्टले उनीहरुमा कोरोना पोजेटिभ देखाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म बलानबिहुल गाउँपालिकाबाट सर्वाधिक २७ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसपछि राजगढ गाउँपालिकाका १३, राजविराज नगरपालिका र डाक्नेश्वरी नगरपालिकाका १२÷१२, हनुमाननगर कंकालिनी नगरपालिकाका ६ र छिन्नमस्ता गाउँपालिकाका ५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै शम्भुनाथ नगरपालिका, खडक नगरपालिका, सुरुङ्गा नगरपालिका, विष्णुपुर गाउँपालिका र तिरहुत गाउँपालिकाका १÷१ जनामा कोरोना संक्रमण देखिएको छ । लकडाउनलाई खुकुलो बनाउँदै लैजादा एकपछि अर्को संक्रमित थपिदै गएकोमा चिन्ता व्यक्त गर्दै स्थानियले आवश्यक सुरक्षा सतर्कता र तैयारीलाई चुस्त दुरुस्त बनाउनु पर्ने माँग गरेका छन् ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४