थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३७६२ पुग्यो
पछिल्लो २४ घण्टामा ३१४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या ३७६२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २९४ जना पुरुष र २० जना महिला रहेका छन् ।
नयाँ संक्रमित हुनेहरुमा झापाका ९, सुनसरीका १, मोरङका १०, सप्तरीका २२ जना रहेका प्रवक्ता डा. गौतमले जानकारी दिए । साथै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा पोजेटिभ रिपोर्ट आएका १६ जना कुन कुन जिल्लाका हुन् भन्ने चैं प्रवक्ता डा जागेश्वर गौतमले खुलाएनन्।
साथै स्याङ्जा र कास्कीका एक एक जनामा कोरोना संक्रमण भएको छ । यस्तै पर्साका ८, बाराका ७, रौतहटका ४, दाङमा ४, बर्दियाका १८, बाँकेका १, दैलेखका १०, सल्यानका ५, सुर्खेतका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जनाए।
अर्घाखाँचीका ३१, गुल्मी स्थायी ठेगाना भएका १, कपिलवस्तुका १७, पाल्लाका १, रुपन्देहीका १५ जना रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका ७, महोत्तरीका १२, रौतहटका ७ र सर्लाहीका १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए।
नेपालमा हालसम्म ४८८ जना उपचारपछि निको भएका छन् भने १४ जनाको ज्यान गएको छ ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



