लकडाउनका विषयमा डब्लुएचओको गाइडलाइन पालना गर्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको विषयविज्ञको छलफलमा सहभागी अधिकांश विज्ञहरुले लकडाउनका विषयमा डब्लुएचओको गाइडलाइन पालना गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सहभागी विभिन्न क्षेत्रका विज्ञहरूले यस्तो सुझाव दिएका हुन्।
छलफलमा लकडाउनको मोडालिटी कसरी परिवर्तन गर्न उपयुक्त हुने भन्दै प्रधानमन्त्रीले जिज्ञासा राखेका थिए। करिब ४ घण्टासम्म भएको छलफल लकडाउनका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को गाइडलाइन अनुसार अघि बढ्न विज्ञहरूले प्रधानमन्त्रीलाई सुझाव दिएको छलफलमा सहभागी लोचन कार्कीले जानकारी दिए।
यसका साथै विज्ञ टोली बनाउनसमेत विज्ञहरूको सुझाव थियो। विज्ञले दिएको सुझावलाई प्रमले सकरात्मक रुपमा लिदैं विज्ञ टोली बनाउने प्रतिबद्धता गरेको कार्कीले जानकारी दिए।Source: nepallive
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



