थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ८११ पुगेको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका सात, रुपन्देही र पाल्पामा दुई/दुई तथा नवलपरासी र गुल्मीमा एक/एक जना गरी १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
आज दिउँसोमात्रै दुई सय २६ जनामा कोरोना पुष्टि भएको थियो । सोमबार एकै दिन २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ ।

तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



