add post
  • Terai Nepal
  • २०७७ जेष्ठ १८ गते, आईतवार १६:५५ मा प्रकाशित

थप १६६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेकाे मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।