add post
  • Terai Nepal
  • २०७७ जेष्ठ १२ गते, सोमबार १७:३२ मा प्रकाशित

थप ६ जनामा कोरोना संक्रमण संक्रमणसंख्या ६८२ ! संक्रमणबाट मृत्युको संख्या ४

थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमित संख्या ६८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका डा. विकास देवकोटाका अनुसार बर्दियाको गुलरिया नगरपालकिाका २२, २४ र १८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि छ । यस्तै, अछाममा पनि कोरोना संक्रमित भेटिएका छन् । अछाम अस्पतालमा भर्ना भएका ३२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी अछामको मेल्लेख गाउँपालिकाका हुन् । त्यस्तै, बाराको जिराभवानी गाउँपालिकाका १८ वर्षका पुरुष र काठमाडौं घर भई कलैया बारामा कार्यरत पुरुषमा पनि संक्रमण देखिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो ।

नारायणी अस्पतालमा गरेको परीक्षणमा रिपोर्ट शंकास्पद आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । त्यसक्रममा उनको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ