चितवनमा हावाहुरीले ढलेको रुखमा च्यापिएर एकजनाको मृत्यु, चारजना घाइते

चितवन, भरतपुर–१ देवघाटमा आज साँझ चलेको हावाहुरीले एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बुटवल घर भई भरतपुर महानगरपालिका मिलनचोक बस्ने २९ वर्षीय रामबहादुर विश्वकर्मा हुनुहुन्छ । उहाँको उपचारका क्रममा साँझ ७ः१७ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते चारजनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ र उनीहरु खतरामुक्त रहेका छन् । घटना साँझ ५ः४५ मा भएको थियो ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



