add post
  • Terai Nepal
  • २०७७ जेष्ठ १० गते, शनिबार १९:४९ मा प्रकाशित

थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९१ पुग्यो

शनिबार साँझ नेपालमा थप ७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश नं.५ मा ७ जना संक्रमित थपिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो । थपिएका संक्रमितमा रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना रहेका छन् ।