थप ३६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५ सय ८४ पुग्यो
थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले थप ३६ जनामा कोरोना पोजेटिभ देखिएको बताए। संक्रमितको संख्या ५८४ पुगेको छ ।
बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, झापाको झापा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।
कोरोना संक्रमण निको हुनेको संख्या ७० पुगेको छ ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



