add post
  • Terai Nepal
  • २०७७ जेष्ठ ९ गते, शुक्रबार १६:५७ मा प्रकाशित

थप २० जनामा संक्रमण पुष्टि संक्रमितको संख्या ५०७

नेपालमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ थपिएसँगै कुल संक्रमित संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डडेलधुराको पराशुराम–१० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ–१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी, कैलालीमा ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेमा १४ जना नयाँ संक्रमित थपिएका छन् । यसैगरी, मोरङको रतुवामाई–२ का १ जनामा पनि संक्रमण देखिएको छ ।