add post
  • Terai Nepal
  • २०७७ जेष्ठ ९ गते, शुक्रबार ११:५८ मा प्रकाशित

गुगल सर्च इञ्जिनले नेपालको नयाँ क्षेत्रफल

नेपालले यही जेठ ७ गते सार्वजनिक गरेको राजनीतिक तथा प्रशासनिक नक्साअनुसार गुगल गुगल सर्च इञ्जिनले नेपालको नयाँ क्षेत्रफल देखाएको छ ।

नेपाल सरकारले बुधबार आफ्नो भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको भूमि समेटेनर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । सोहीअनुसार नेपालको गुगलले नेपालको नयाँ क्षेत्रफल देखाउन थालेको हो ।

गुगलले नेपालको नयाँ क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर क्षेत्रफल देखाउँछ । यसअघि नेपालको क्षेत्रफल कति १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर देखाउने गरेको थियो ।

यही जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा स्वीकृत गरेसँगै जेठ ७ गते भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले जारी गरेको नयाँ नक्साअनुसारको क्षेत्रफल गुगलले देखाएको हो | Socurce: canadanepal